कोलकाताले पन्जाबलाई ७ विकेटले हरायो, शुभमन गिल बने हिरो
शुक्रबार राति मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित हासिल गर्यो ।
कोलकाताको जितमा शुभमन गिल हिरो बने । ४९ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए । शुभमन गिलले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । आईपीएलको जारी सिजमा उनको यो तेस्रो अर्धशतक हो । आईपीएल क्रिकेटमा उनले पहिलो पटक उनले म्यान अफ द म्याचको पुरस्कार पनि जिते ।
कोलकाताका लागि क्रिस लिनले ४६, आन्द्रे रसेलले २४ र कप्तान दिनेश कार्तिकले नटआउट २१ रन योगदान गरे ।
पन्जाबका लागि मोहम्मद शामी, रविचन्द्रन आश्विन र एन्ड्र्यु टोयले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले साम करेनको ५५, निकोलस पुरनले ४८ र मयंक अग्रवालको ३६ रनको मद्दतमा १८३ रन बनाएको थियो ।
रणनीतिमा सफल बने कार्तिक
यो म्याचमा कोलकाता गर या मरको स्थितिमा थियो । यो म्याच हारेको भए अन्तिम चारमा पर्ने सम्भावना सकिन्थ्यो । त्यसैले कप्तान दिनेश कार्तिकले नयाँ चाल चल्दै माथिल्लो क्रमका ब्याट्सम्यान शुभमन गिललाई सलामी ब्याट्सम्यानको रुपमा उतारेका थिए ।
म्याचको टर्निङ प्वाइन्ट त्यतिबेला आयो जतिबेला रविचन्द्रन आश्विन आफ्नो चौथो तथा इनिङको १३ औं ओभरमा बलिङ गर्न आए । उनको सामना शुभमन गिलले गरे । गिलले छक्का र चौका प्रहार गरे । त्यसपछि आश्विन अत्तालिए । पाँचौ बल त उनले अफ स्टम्प भन्दा धेरै बाहिर वाइड बलिङ गरे । आश्विन प्राय यस्तो बलिङ गर्दैनथिए । उनले आत्मविश्वास गुमाएको यो बलिङबाट थाहा हुन्थ्यो । यो ओभरमा आश्विन १८ रन खर्चिन बाध्य भए ।
अन्तिम चारमा पर्ने सम्भावना कायमै
यो जितसँगै कोलकाता १२ अंकसहित तालिकाको पाँचौ स्थानमा पुगेको छ । उसले अन्तिम चारमा पर्ने सम्भावना कायमै राखेको छ । अब कोलकाताको अन्तिम प्रतिस्पर्धा आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ । यदि मुम्बईलाई हराएमा कोलकाता अन्तिम चारमा समावेश हुने छ ।
अझै अंक तालिकामा उभन्दा माथि सनराइजर्स हैदरावाद छ । उसको पनि १२ अंक छ । हैदरावादले शनिबार दिल्लीविरुद्ध खेल्ने छ । उसको जित या हार र त्यसपछि आइतबार कोलकाताको जित या हारले नै आईपीएलमा प्लेअफमा पुग्ने कुराको टुंगो लाग्ने छ ।
]]>- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न