सल्यानमा पहिलाेपटक क्षार सुत्र विधिबाट उपचार गर्ने आयुर्वेद क्लिनिक खुल्याे
वैकल्पिक चिकित्सा पद्धतीको रूपमा हेरिएको आयुर्वेद उपचारतर्फ बिरामी आकर्षित हुँदै गएका छन् । लामो समयसम्म औषधि सेवन गर्नु पर्ने नसर्ने प्रकृतिको दीर्घ रोगको उपचार आयुर्वेद विधिबाट गर्ने क्रम पनि पछिल्लो समय बढेको छ । जिल्लामै पहिलोपटक आयुर्वेद सम्बन्धि विभिन्न रोगको उपचार गर्न सल्यानको श्रीनगरमा हितायु आयुर्वेद क्लिनिक संचालनमा आएको छ । लामो समयदेखि आयुर्वेदिक क्षेत्रमा काम गरेकी डा. आभा अधिकारीले उक्त क्लिनिक संचालनमा ल्याउनु भएको हो ।

यहाँ सल्यान जिल्लामै पहिलोपटक शल्य चिकित्सकद्वारा क्षार सूत्र विधिबाट पायल्स र फिस्ठुलाको उपचार गरिने क्लिनिकका व्यवस्थापक सन्तोष शर्माले बताउनुभयो । यसअघि पायल्स र फिस्टुलाको उपचार गर्न बिरामीहरु दाङ नेपालगंज जाने गरेको र अब उक्त उपचार यहिबाट हुने उनले बताउनु भयो ।
क्लिनिकमा छाला सम्बन्धि रोग, निसन्तानपन तथा महिनावारप् गडबढी सम्बन्धिको उपचार पनि हुने उनले बताए । क्लिनिक श्रीनगर टाउन प्लानिकको निर्जला डेरी नजिकै खुलेको छ ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





