प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

   
त्रिवेणी अनलाइन
१९ भाद्र २०७६, बिहीबार १४:३२ मा

काठमाण्डाै – सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किनुहुने भएको छ । 

उहाँ शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ गरिएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका उपाध्यक्ष वामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि सिंगापुर जानुभएको छ । 

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको थियाे । 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu