हावाहुरी पीडितलाई पाँच महिनामै सरकारी घर !

   
त्रिवेणी अनलाइन
१९ भाद्र २०७६, बिहीबार १०:५८ मा
[Sassy_Social_Share total_shares="ON"]

काठमाण्डौ – बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।

‘सेनाले उद्धार गर्यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ’ हावाहुरी पीडित बारा चैनपुरका मुनीलाल रामले भन्नुभयो, ‘हाम्रा लागि सेना भगवान बनेर आएको छ ।’ सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरेको हो । बारा र पर्सामा गएको चैत १७ गते विनाशकारी हावाहुरी चलेको थियो । 

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले बुधबार वीरगञ्जमा गरेको घर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले पालिका, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा घर बनाइदिएको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले पु¥याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । 

उहाँले बाराका ८ सय ७ र पर्साका ६२ गरी ८ सय ६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । नेपाली सेनाले वैशाख २१ गते घर बनाउन थालेको थियो । 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu