सीआईएनकर्मी रुचाललाई ‘फेड्वासन वास रेडियो पत्रकारिता’ पुरस्कार
काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन) का वरिष्ठ सम्वाददाता राजन रुचालले यस वर्षको ‘फेड्वासन वास रेडियो पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको १७ औँ स्थापना दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा उहाँलाई ‘फेड्वासन वास रेडियो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
फेडवासनले ‘वास पत्रकारिता’ पुरस्कार प्रदान गर्नका लागि देशभरिका टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा अनलाइनमा कार्यरत पत्रकारहरूबाट २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्ममा प्रकाशित तथा प्रसारित समाचार सामग्री माग गरिएको थियो ।

प्राप्त आवेदन मध्येबाट फेडवासनले गठन गरेको स्वतन्त्र निर्णायक मण्डलद्वारा पुरस्कृत हुने पत्रकारको नाम चयन गरिएको फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
‘फेड्वासन वास पत्रकारिता’ पुरस्कारबाट टेलिभिजनतर्फ जनता टेलिभिजनका रामकुमार एलन, पत्रिकातर्फ कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रकाश सिंह र अनलाइनतर्फ लोकान्तर डटकमका गगन अर्याल पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत सबै पत्रकारलाई सांसद आशा विकले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो भने दोसल्ला ओढाएर सम्मान पनि गर्नुभएको थियो । पुरस्कारको राशि जनही पाँच हजार रहेको छ ।


- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






