बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

२ जेष्ठ २०८२, बिहीबार १९:०२ मा प्रकाशित
सल्यानको त्रिवेणी गाउँपालिकाको आयोजनमा तथा स्याक नेपाल र युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा बालमैत्री विद्यालयमा आधारित विद्यालय स्व–मुल्याङ्कन र विद्यालय सुधार योजना निर्माण सम्बन्धी तिन दिने क्षमता विकास तालिम लुहाममा सम्पन्न भएको छ ।
उक्त तालिममा सहजीकरण गर्नको लागि रोष्टर दान बहादुर कठायतले प्रधानाध्यापक र वि.ब्य.स. अध्यक्षहरुलाई स्व–मुल्याङ्कन र विद्यालय सुधार योजना बनाउने सम्बन्धी तीन दिन सम्म प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रममा युनिसेफ नेपालका शिक्षा अधिकृत याम थापाले विद्यालयको स्व–मूल्याङनको महत्व र यसको औजार सम्बन्धी प्रष्ट पार्नुभएको थियो ।
यस्तै युनिसेफ नेपाल कर्णली प्रदेश शिक्षा अधिकृत फर्शुराम पन्तले सहभागीहरुलाई विद्यालय स्व–मुल्याङ्कन र विद्यालय सुधार योजना निर्माण सम्बन्धी जानकारी गराउनु भएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका कार्यक्रम संयोजक तेज सोनामले गणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माण तथा बजेट कार्यान्वयनमा स्थानीय तहको क्षमता विकास सवलीकरण कार्यक्रम सम्बन्धी जानकारी दिनु भएको थियो ।
गाउपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ४ नं. वडा अध्यक्ष छबिराज शर्मा लगायतको उपस्तिथी रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै स्याक नेपाल शिक्षा अधिकृत सर्वराज बि.कले तामिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले यस्ता तालिमहरुले शैक्षिक गुणस्तरमा सुधार हुने बताउनु भयो ।
कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले विद्यालयमा तत्काल सुधार गर्नुपर्ने पक्षलाई स्व–मुल्याङकन गरी विद्यालय सुधार योजनामा समावेश गर्ने प्रविद्धता व्यक्त गरेका छन ।
May be an image of 8 people, people studying, people smiling and text

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu