नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको प्रथम अधिवेशनबाट नया कार्यसमिति चयन गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानका अध्यक्ष बबी शाहको अध्यक्षता तथा नेपाली काँग्रेस सल्यानका सभापति केश बहादुर विष्ट प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस सल्यानका उपसभापति चक्र देवकोटा, सन्तोष के.सी. सचिव प्रकाश भण्डारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश अध्यक्ष हरि विष्ट, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य सोम बहादुर श्रेष्ठ रहनुभएको थियो । नेपाली काँग्रेस सल्यानका विभिन्न तह तप्ताका नेताहरुको उपस्थितीका विच कार्यसमिति गठन गरिएको हो । ७ जना थप्ने गरि ३१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको संचालन नेपाल लोकतान्त्रिक खेलकुद संघका कर्णाली प्रदेश सदस्य दोर्ण चन्दले गर्नुभएको थियो ।
अधिवेशनबाट फेरी पनि अध्यक्षमा बबी शाह सर्वसम्मत चयन हुनु भएको छ । उपाध्यक्षमा ज्ञान संगम सुनार, महिला उपाध्यक्षमा भूमा वि.क., सचिवमा रेशम डाँगी, सहसचिवमा जनक बुढाथोकी, कोषाध्यक्षमा मनिराम बुढाथोकी लगायत १८ सदस्यहरु चयन हुनु भएको छ । यस्तै केन्द्रिय प्रतिनिधिमा दोर्ण प्रकाश चन्द र प्रमोद भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





