नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको त्रिवेणी गाउँ अधिवेशनबाट नया कार्यसमिति चयन गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सदस्य तथा अधिवेशन संयोजक द्रोण प्रकाश चन्दको अध्यक्षता तथा नेपाली कांग्रेस महासमिति सदस्य करुणा खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य कमान सिँ डाँगी र पालिका सभापति गंगाराम पुन रहनु भएको थियो ।अधिवेशनमा प्रेम बुढाथोकीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । ७ जना पछि मनोनित गर्ने गरी १४ जनाको कार्यसमितिले पूर्णता पाएको छ । त्रिवेणी गाउँपालिका ४ नं. वडा अध्यक्ष छबिराज शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रसान्त डाँगीले गर्नुभएको थियो । कार्यक्रम नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष केशवजंग डाँगीले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनसँगै खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गरिने नव निर्वाचित अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो ।
खेलकुद र राजनिती एकअर्काको परिपुरक भएको र समाज बिकासको लागि युवाहरुलाई समेट्ने माध्यम भएकोले यस्लाई पार्टीले महत्त्वपूर्ण तरिकाले हेरेको प्रमुख अतिथि करुणा खड्काले बताउनु भयो ।


Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






