त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
सल्यानको त्रिबेणी गाउँपालिकाले ९ सय ३२ जना जेष्ठ नागरिकलाई सम्मान तथा जृष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । सोमबार त्रिवेणी तिर्थशालाधाममा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान तथा परिचय पत्र विरण गरिएको हो ।
जेष्ठ नागरिक संरक्षण तथा प्रवद्र्धन कार्यक्रम बाट जेष्ठ नागरिकसँग त्रिवेणी गाउँपालिका कार्यक्रम मार्फत उनिहरुलाई सम्मान तथा परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिकहरु एक अर्को सँग परिचित रहनु र उनिहरुको सम्मानले मनोबल बढने उदेश्यले यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा ६ वटा वडाका जेष्ठ नागरिकहरुलाई सहभागि ९३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा १४७ जनाले कान सम्बन्धी विशेषज्ञ सेवा, १५८ जनाले आँखा सम्बन्धी विशेषज्ञ सेवा र अन्य १७२ जनाले विशेषज्ञ स्वास्थ्य सेवा गरी जम्मा ४७७र जनाले स्वास्थ्य सेवा प्राप्त गर्नुभयो । ३०० जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने परिचयपत्र पनि उपलव्ध गराउनु भएको हो । सम्मान गर्दै मुख्यमन्त्री कडेलले नागरिकको औसत आयु वृद्धि विकासको एउटा महत्वपूर्ण सूचक रहेको बताउनु भयो । उहाँले बाटो, भवन, कुलो जस्ता भौतिक संरचना मात्र नभई मानसिक र सामाजिक विकास पनि आवश्यक रहेको धारणा राख्नु भयो । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता ४००० पु¥याएको बताउदै उहाँले सरकार जेष्ठ नागरिक प्रति जिम्मेवार बनेको बताउनुभयो ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले जेष्ठ नागरिकको सम्मान हाम्रो संस्कृति र संस्कार संग जोडिएको बताउनुभयो । उहाँले त्रिबेणी गाउँपालिका भएर प्रदेश जोड्ने लुहाम काभ्रा कालिमाटी सडक, अन्तर प्रदेश जोड्ने लुहाम फलाबाङ तुलसीपुर सडकको स्तरोन्नति संगै समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
यस्तै प्रदेश सरकारका पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले जेष्ठ नागरिक संग भएको सिप, क्षमता र ज्ञानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भौतीक पुर्वाधार तथा सहरी बिकासमन्त्री शेर बहादुर बुढा, प्रदेश सांसद लक्ष्मी सुनार, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी साबित्रा पुन लगाएतको आतिथ्यता रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, त्रिवेणी गाउँपालिकाका प्रथम अध्यक्ष मान बहादुर डाँगी, कपुरकोट गाउँपालिकाका प्रथम अध्यक्ष भिम बहादुर सेन, त्रिवेणी गाउँपालिकाका प्रथम उपाध्यक्ष करुणा खड्का, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन वसन्त रावतले गनुृभएको थियो ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






