सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु

   
त्रिवेणी अनलाइन
३० फाल्गुन २०८१, शुक्रबार १८:४० मा

खरबारीमा लागेको आगो सल्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजे तिर श्रीमान श्रीमती घास काटन गएको बेला खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा उनी आफैं आगलागीमा परेका थिए । आगलागी बाट बस्नेतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना बारे त्रिवेणी गाउँपालिका–३ का वडा अध्यक्ष कर्ण देव डागीले इलाका प्रहरी कार्यालय लुहामलाई जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष कर्ण देव डागीका अनुसार श्रीमान श्रीमती सँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घास काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएकी थिइन । गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एकासी आगलागी बाट मृत्यु भएको अवस्थामा भेटिएका थिए । घटनापछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायब निरीक्षक रतन शर्माको कमान्डमा पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेको कमान्डमा सात जनाको टोली खटिएको छ । एकासी आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।

तपाइँको प्रतिक्रिया
Array