श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।

   
त्रिवेणी अनलाइन
२१ फाल्गुन २०८१, बुधबार १९:४४ मा

श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।

May be an image of 12 people, dais and text
त्रिबेणी गाउँपालिका वडा नं ५ ढोरचौरमा रहेको गायत्री प्राथामिक बिद्यालयले आफ्नो ३५ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवश भब्य कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान संगम सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत रहनु भएको थियो । विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष सीता खड्का पुन, गाउँपालिका प्रथम अध्यक्ष मान बहादुर डाँगी रहनु भएको थियो ।
कार्यक्रम बोल्ने वक्ताहरुले विद्यालयलाई शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयको शैक्षिक सुधारका लागी आफुहरुले काम गरिरहेको र साथ दिनको लागी सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक क्षेत्र बहादुर बि.क. ले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान संगम सुनारले बोल्दै स्थानीय सरकारबाट राम्रै सहयोग पाईरहेको र आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । अन्य विद्यालयका वि.ब्य.स. अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक याम बहादुर सुनारले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया
Array