राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको तेश्रो अधिवेशनवाट अध्यक्षमा अमृत कुमार वुढाथोकी चयन हुनुभएको छ । समुहको उपाध्यक्ष प्रसिद्ध डाँगी,समावेशी उपाध्यक्षमा अभिलाशा सिंह,सचिव कुल बहादुर रेउले,सहसचिवः कमल धिताल समावेशी सहसचिव प्रदिप पुन,कोषाध्यक्षः भरत घर्ती चयन भएका छन् । सदस्य नवीन डि।सी।,संगम राना,रुपलाल चलाउने,विजय बस्नेत,जितेन्द्र महर्जन,बिष्णु गौतम,संगम बिहानि,सिर्जना बस्नेत,रेमन्त वि।क। रहेका छन् । यस्तै सल्लाहकारमा प्रतिक इच्छुक शर्मा,डिल्लीराज रावत,बामदेव केसी। र खकेन्द्र के।सी।लाई चयन गरेको सचिव कुल बहादुर रेउलेले जानकारी दिनुभयो ।
कार्यक्रममा फोटो पत्रकार समुहका सल्लाकार सुकदेव कसेरा, सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय लगायतले मन्तब्य राख्नु भएको थियो । प्रशिद्ध डाँगीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको अध्यक्षता वामदेव केसी र सञ्चालन सचिव अमृत वुढाथोकीले गर्नुभएको हो।
अधिवेशनमा सल्यानमा फोटो पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकार योगराज बिक, खकेन्द्र के।सी।, उत्तर कुमार साहु, प्रज्वल अधिकारी, र धुर्बराज ओलीलाई सम्मान गरिएको छ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न