शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक

   
त्रिवेणी अनलाइन
२९ माघ २०८१, मंगलवार ११:१२ मा

शारदा नगरपालिका सल्यानले आफ्नो आधिकारीक लोगो सार्वजनिक गरेको छ ।
शारदा नगरपालिका स्तरीय सार्तौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरिएको हो ।

लोगोमा प्रसिद्ध धार्मीक स्थल खैरावाङ मन्दिरको छाना सहितको गजुर, सल्यानको सबैभन्दा ठुलो र नगरपालिकाको नामांकरण भएको शारदा नदी, नगरको वडा नम्बर ७ र ९ मा बढिमात्रामा उत्पादन हुने बहुमुल्य जडिबुटीको रुपमा रहेको टिमुर, देशमै प्रसिद्ध शारदाको वडा नम्बर १४ माल्नेटामा फल्ने अदुवा सल्यानको पहिचान संग जोडिएको शारदामा उत्पादन हुने सल्यानी खुकुरी लाई लोगोमा समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array