त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
सल्यानको त्रिवेणी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानलाई सफल पार्न पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । अभियानलाई सफल पार्न समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । खोप अभियानलाई प्रभावकारी पार्न जनप्रतिनिधि सहितको जिम्मेवारी बाँडफाँड तथा योजना वनाउने काम गरिएको छ । किशोरीहरुको पाठेघरको मुखको क्यान्सर निवारण रणनीति एचपिभी खोप अभियान औचित्य र संचालन प्रक्रियामा वारे जानकारी गराएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि कक्षा ६ देखी १० सम्म अध्यन गर्ने किशोरीहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर यस गाउँपालिकाले १३ खोप केन्द्रबाट ८ सय २ जना किशोरीलाई खोप लगाउदैछ । । स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठका अनुसार यही माघ ३० गतेदेखी अभियान सञ्चालन हुदै छ ।
एचपिभी भाइरस संक्रमणका कारण यो रोग लाग्ने जनाएको छ । विशेष गरि यो खोपको निरोधक सिकोलिज भ्याक्सिन भएको समेत वताएको छ । खोप नछुटाइ ढुक्कसँग लगाउन आग्रह गरिएको छ । वडा अध्यक्ष लगाएत विभिन्न शाखा प्रमुख तथा प्रतिनिधि, गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकिय खुम बहादुर के.सी.को उपस्थित रहेको थियोे ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री