त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन भएको छ । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माननिय मन्त्री सुरेश अधिकारीको प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम समापन भएको हो । २८ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत गरेर ३३ विद्यालय सहभागी भएका विभिन्न विधाका प्रतियोगिताह?मा माध्यमिक तर्फको सिल्ड सरस्वती मा.वि. सिम्कले हात पारेको छ ।
छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीताको मा.वि तर्फको उपाधी १० स्वर्ण, ४ रजत, ७ काश्य पदक सहित सरस्वती मा.वि. सिम्कले जितेको छ । ५ स्वर्ण, ४ रजत, ४ काश्य पदक सहित सल्यान पब्लिक स्कुलले दोस्रो स्थान हासिल गरेको छ भने ५ स्वर्ण, २ रजत र ५ काश्य पदक सहित ने.रा.मा.वि. रेख फलाबाङले तेस्रो स्थान हासिल गरेको छ ।
नि.मा.वि. तर्फ ७ स्वर्ण ३ रजत ३ काश्य पदक सहित त्रिवेणी गा।पा। वडा न. ४ को न.रा.मा.वि. रेख फलाबाङ प्रथम स्थान हासिल गरेको छ । ४ स्वर्ण १ रजत २ काश्य पदक सहित सल्यानी मेरिगोल्ड स्कुल दोस्रो स्थान त्यसैगरी ३ स्वर्ण ३ रजत पदक सहित सल्यान पब्लिक स्कुल तृतिय स्थान हासिल गरेको हो ।
यस्तै प्राथमिक विद्यालय तहमा ४ स्वर्ण पदक २ रजत पदक ल्याएर सल्यानी मेरिगोल्ड बोर्डिङ स्कुलले प्रथम उपाधी हात पारेको छ । २ स्वर्ण २ रजत पदक सहित राधेश्याम मा.वि.गैरागिठि दोस्रो स्थान हासिल गरेको छ । १ स्वर्ण, २ रजत पदक सहित पशुपति आ.वि तेस्रो भएका छन ।
यस्तै खुल्ला पु?ष भलिवल तर्फ लगातार विजयी बन्दै वडा नं. ३ ले शिल्ड हात पारेको छ । वडा न. ६ दोस्रो तथा वडा न. १ तेस्रो बन्न सफल भएका थिए ।
प्रतियोगितामा विजयीलाई ट्रफि, मेडल, प्रमाणपत्रका साथै शैक्षिक सामाग्री पनि प्रदान गरिएको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह