जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । भोज, घुमफिर तथा अन्य उपलब्धिहिन खर्च कटाएर सामाजिक अभियान्ता ज्ञानेन्द्र पुनले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाइ शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । बिहिवार शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा आधारभुत बिद्यालयमा एक औपचारिक काएयक्रम आयोजना गरेर १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरेका हुन् । जन्मदिनको अवसरमा सामाजिक अभियान्ता पुनले ११ जना छात्रा र ७ जना छात्रलाइ सामग्री उपलब्ध गराएको बिद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा उनले २० दर्जा कापी, १८ दर्जन कलम, दुई सेट ब्याटमिन्टन, १८ थान ज्यामिती बक्स, लुडो सेट ५ र चार्ट बोर्ड ६ थान उपलब्ध गराएको बिद्यालयले जनाएको छ । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक ओमलाल बुढाथोकीले जन्मदिनको अवसरमा अनुकरणीय काम गरेको भन्दै पुनलाइ धन्यवाद दिदै बालबालिकाको पठनपाठनमा शैक्षिक सामग्रीले महत्वपूर्ण टेवा पुर्याउने बताए । यस्तै जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकालाइ गुणस्तरीय शिक्षासंग जोड्नका लागि सक्दो सहयोग गरिएको पुनले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थीले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । शिक्षाप्रति ज्ञानेन्द्र जस्ता युवाहरुको लगावप्रति विद्यालय परिवार खुसी रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुपा बुढाथोकीले बताएका थिए । कार्यक्रममा सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष भरत रोकाय, एन.एल.जि इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहोरा, टेकमाण्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम विहानी, सामाजिक अभियान्ता लगायतको सहभागीता थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह