त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँपालिकाको नवौँ अधिवेशन सम्पन्न भएको छ । लुहाममा सम्पन्न अधिवेशनले तारा बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।
जसको उपाध्यक्षमा लक्ष्मी चन्द बबाल, सचीवमा सरोज बोहरा र कोषाध्यक्षमा रोहित देवकोटा लगायत चयन भएका छन् ।
नवौँ अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले निर्वाचित कार्यसमितिलाई बधाई दिदैं जनताको पक्षमा निडर भएर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेस त्रिवेणीका सभापति गंगाराम पुन, अतिथिहरुमा त्रिवेणी गाउँपालिका १ नं. वडा अध्यक्ष दल बहादुर बस्नेत, ४ नं. वडा अध्यक्ष छबिराज शर्मा, ५ नं. वडा अध्यक्ष बिमल रावत, नेपाली कांग्रेस त्रिवेणी वडा नं. १,३,५ का वडा सभापतिहरु, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सल्यानका सल्लाहकार प्रभात कुमार श्रेष्ठ, बिशाल वली, नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष केशब डाँगी, नेपाल राष्ट्रिय मगर संघ सल्यानका अध्यक्ष डम्बर घर्ति, नेपाल शिक्षक महासंघ त्रिवेणी अध्यक्ष गोवर्धन रेउले, नेपाल शिक्षक संघ त्रिवेणी अध्यक्ष ज्ञान बहादुर वली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । नेपाल निजामती कर्मचारी युनियन त्रिवेणीको उपाध्यक्ष लक्ष्मी चन्द बबालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव शंकर रानाले गर्नुभएको थियो ।












- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





