समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले अहिलेको पुस्ताले आफू जन्मेको कुरामा पनि पश्चाताप गर्ने दिन आएकोमा दुःख ब्यक्त गर्दै समाजका लागि केहि गर्नुपर्ने बताउनु भएकोछ ।
मानव अधिकार तथा शान्ति समाजले श्रीनगरमा राखेको नागरिक सम्वाद कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले बताउनु भएको हो ।
नेताहरू धेरै बोलेर समय खर्चिरहेको बेला काम गरेर देखाउने नेताको आवश्यकता जनताले गरिरहेकोले अब नेताले मस्तिसक्लाई परिवर्तन गर्ने बेला आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती रामकृष्ण बरालले आफैले चलाएको व्यवस्थामा राजनीतिक दलहरू नै सन्तुष्ट नभएको बताउनु भयो ।
देशमा लोकतन्त्र बलियो हुनुपर्ने भन्दै उनले लोकतन्त्रको पक्षमा शान्ति समाज भएको र कर्णालीको समस्यासंग नजिक हुने गरि आएको बताउनु भयो ।
कार्यक्रमका अर्का अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले कर्णालीको लागि संगसंगै अघि बढ्ने उद्देश्य अनुसार देखिएका विभिन्न समस्या समाधानमा पनि संगै लाग्नुपर्ने भन्दै विकास निर्माणमा कसैलाई पनि राजनीति नगर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेशका उपसभापती चक्र देवकोटा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हिमाल यात्री, रास्वपाका प्रदेश सभापति पवनराज देवकोटा, नेकपा एकीकृत समाजवादीका राम खड्की लगायतले बोल्नु भएको थियो ।
त्यस्तै मानव अधिकार तथा शान्ति समाजको तर्फबाट पुर्व बरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, केन्द्रीय सचिवः निर्मल नेपाली, प्रदेश सचिवः प्रकाश शाही, केन्द्रीय सदस्य तुल्सीराम सुनार दाङका सभापति कमल डिसीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिल्ली राज रावत, नेपाल वार यसोसियसनका अध्यक्ष सिपि वली, उद्योग वाणिज्यसंघका उपाध्यक्ष राजेन्द्र भण्डारी, लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष प्रेम नारायण विक संस्थाकाफसल्लाहकार वीर बहादुर सेजवाल, पुर्व अध्यक्ष तथा सल्लाहकार विष्णु शर्मा र मानवअधिकारकर्मी रामचन्द्र रेग्मी लगायतले बोल्नु भएको थियो ।
जिल्ला सभापती अंगेश्वर डागीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भक्त बहादुर चन्दले गर्नुभएको थियो भने सहभागिलाई शिव कुमार शर्माले स्वागत गर्नुभएको थियो ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





