सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
सल्यानका प्राय स्थानिय तहमा पालिकामै योजनाको सम्झौता हुने गर्छन् तर त्रिवेणी गाउँपालिकामा भने वडामै पुगेर घुम्ती शिविर मार्फत जनताको सहजताका लागि योजना सम्झौता सुरुवात गरिएको छ । सेवाग्राहिहरुको समस्यालाई मध्यनजर गर्दै वडामै पुगेर योजना सम्झौता तथा बैंक खाता संचालन सम्बन्धी घुम्ति शिविर आयोजना गरेको छ । वडा नं. ४ को कार्र्यायल फलाबाङबाट सेवाको सुरुवात गरिएको छ । सेवा प्रदायकको रुपमा गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., इन्जिनियर शिबराज गोसाई, योजना शाखा प्रमुख अमर सिं बबाल, सन्तोष सापकोटा, दिपेश प्रधान तथा अन्य कर्मचारीहरु, राष्ट्रिय बाणिज्य बैंक लुहाम शाखाबाट हेमराज खत्री, वडा अध्यक्ष छबिराज शर्मा तथा वडा नं. ४ बाट अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो प्रावधानले सबै योजनाका लागि गाउँपालिकाको केन्द्रमा धाउनु पर्ने बाध्यता अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले बताउनु भयो । योजना सम्झौता गर्न पालिकासम्म आउन टाढा हुने र विभिन्न झन्झटिलो प्रकृयाले नागरिकहरूले सास्ती पाएको गुनासो आएसंगै गाउँपालिकाका कर्मचारीहरूले वडामै पुगी योजना सम्झौता गर्ने गरेको गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





