त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
त्रिवेणी गाउँपालिका सल्यानको आयोजनामा त्रिवेणी स्वास्थ्य चौकी काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो । त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दल बहादुर बस्नेतको अध्यता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत प्रमुख अतिथि, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ रहनु भएको थियो । जिल्लामै पहिलोपटक गाउँपालिकाले कान सम्बन्धी स्वास्थ्य शिविर संचालन गरेको अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । कानको स्वास्थ्य समस्या भएकाहरुलाई आवश्यक सामाग्री र औषधी समेत निःशुल्क वितरण गरिएको उहाँले बताउनु भयो ।
उक्त शिविरमा १ सय ५५ जनाले सेवा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनु भयो ।
शिविरमा आएका १६ जना बिरामीहरुलाई रिफर गरिएको ब्रिनोज कान सामुदायिक सेवाका प्रतिनिधि भिषन कुमार चौधरीले बताउनु भयो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा