त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
त्रिवेणी गाउँपालिका सल्यानको आयोजनामा त्रिवेणी स्वास्थ्य चौकी काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो । त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दल बहादुर बस्नेतको अध्यता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत प्रमुख अतिथि, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ रहनु भएको थियो । जिल्लामै पहिलोपटक गाउँपालिकाले कान सम्बन्धी स्वास्थ्य शिविर संचालन गरेको अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । कानको स्वास्थ्य समस्या भएकाहरुलाई आवश्यक सामाग्री र औषधी समेत निःशुल्क वितरण गरिएको उहाँले बताउनु भयो ।
उक्त शिविरमा १ सय ५५ जनाले सेवा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनु भयो ।
शिविरमा आएका १६ जना बिरामीहरुलाई रिफर गरिएको ब्रिनोज कान सामुदायिक सेवाका प्रतिनिधि भिषन कुमार चौधरीले बताउनु भयो ।






- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





