सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
सल्यानको त्रिवेणी गाउँपालिकामा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिकाको कन्द्र लुहाम बजार, वडा नं. ३ को लोटाउने बजार, रिखे बजार र वडा नं. १ को काभ्रा बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन संयोजकत्वको रहेको टोलीमा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ईलाका प्रहरी कार्यालय लुहामका प्रतिनिधि, नगर प्रहरी, गाउँपालिकाका कर्मचारीहरुको टोलीले बजार अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा २/३ वर्ष पहिले नै म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले जानकारी दिनुभयो ।

उहाँका अनुसार जफत गरिएका सामग्री रु २ लाख बराबरको रहेको जानकारी दिनुभयो । जफत गरिएका सामग्री इलाका प्रहरी कार्यालय लुहामका प्रमुख, गाउँपालिकाका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।
बजार अनुगमनको क्रममा पालिकामा व्यवसाय दर्ता भए÷नभएको, कर तिरे÷नतिरेको लाई पनि सचेत गराइएको थियो ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





