सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
सल्यानको त्रिवेणी गाउँपालिकामा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । कालोबजारी र अखाद्य सामग्रीको बिक्री रोक्न बजार अनुगमनलाई तीव्रता दिएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिकाको कन्द्र लुहाम बजार, वडा नं. ३ को लोटाउने बजार, रिखे बजार र वडा नं. १ को काभ्रा बजार अनुगमन गरिएको छ । त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन संयोजकत्वको रहेको टोलीमा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ईलाका प्रहरी कार्यालय लुहामका प्रतिनिधि, नगर प्रहरी, गाउँपालिकाका कर्मचारीहरुको टोलीले बजार अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा बजारबाट ठूलो मात्रामा २/३ वर्ष पहिले नै म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले जानकारी दिनुभयो ।
उहाँका अनुसार जफत गरिएका सामग्री रु २ लाख बराबरको रहेको जानकारी दिनुभयो । जफत गरिएका सामग्री इलाका प्रहरी कार्यालय लुहामका प्रमुख, गाउँपालिकाका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।
बजार अनुगमनको क्रममा पालिकामा व्यवसाय दर्ता भए÷नभएको, कर तिरे÷नतिरेको लाई पनि सचेत गराइएको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।