सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
सल्यानको त्रिवेणीका एक युवक जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३८ वर्षिय तारा बहादुर घर्तीलाई पाँच वर्षिय वालिका जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ ।
गत असार ८ गते दिउँसो साढे २ बजे तिर टेलिभिजन हेर्न आएको बेला पाँच वर्षिय वालिकालाई घरमा कोही नभएको मौका पारेर जवरजस्ती करणी गरेको तारा बहादुर माथि आरोप छ । उनले घरमा कोही नभएको र लाईन गएको मौका छोपी पिडित बालिकालाई जबरजस्ती करणी गरेको र बालिकाको दाजुले बहिनीलाई खोज्दै जाँदा बहिनि रोईरहेको देखेपछी घटना वाहिरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
वहिनिमाथि भएको घटना बारे पिडित दाजुले आमालाई जानकारी गराए ,पछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा यही साउन ५ गते जाहेरी दरखास्त परेको र तत्काल प्रहरी परिचालन गरी जवरजस्ती करणीका प्रतिवादीलाई सोही दिन पक्राउ गरिएको प्रहरी निरिक्षक खत्रीको भनाई छ । प्रतिवादीलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा