त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
सल्यानको त्रिवेणी गाउपालिका वडा नं. ६ ले जेहेन्दार, विपन्न ६० जना बालबालिकाहरुलाई शैक्षिक साम्रगी वितरण गरेको छ । शुक्रबार लुहाममा वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यले पोषाक, झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष मनोज शाहले बताउनु भयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए ।
शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने तथा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने शिक्षकहरुले माग राख्नु भएको थियो ।
वडा सदस्यहरु तुलसी कुमरी रावत, तिर्थराज डाँगी, खेमराज रेग्मीले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन वडा सचिव पदम अधिकारीले गर्नुभएको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा