त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
सल्यानको त्रिवेणी गाउपालिका वडा नं. ६ ले जेहेन्दार, विपन्न ६० जना बालबालिकाहरुलाई शैक्षिक साम्रगी वितरण गरेको छ । शुक्रबार लुहाममा वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यले पोषाक, झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष मनोज शाहले बताउनु भयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए ।
शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने तथा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने शिक्षकहरुले माग राख्नु भएको थियो ।
वडा सदस्यहरु तुलसी कुमरी रावत, तिर्थराज डाँगी, खेमराज रेग्मीले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन वडा सचिव पदम अधिकारीले गर्नुभएको थियो ।



- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






