सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपाकिला ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हस्त बहादुरले जेठ ४ गते शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
कुटपिट गर्ने भतिजालाई ५ गतेनै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा काकाको मृत्यु पनि कर्तव्य ज्यान मुद्यामा हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी