सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपाकिला ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हस्त बहादुरले जेठ ४ गते शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
कुटपिट गर्ने भतिजालाई ५ गतेनै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा काकाको मृत्यु पनि कर्तव्य ज्यान मुद्यामा हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





