सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम काभ्रामा सम्पन्न
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्रामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा वडा नम्बर १ काभ्रामा रहेको स्वास्थ्य चौकीमा स्थानीयवासीहरूलाई सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवनको बेफाईदा तथा यसको न्युनिकरण सम्बन्धमा जानकारी गराईएको थियो ।
त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ६० जना स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको बारेमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका परिवार नियोजन निरिक्षक थलराज डि.सीले स्थानीय सहभागीहरुलाई विषयवस्तुबारे अभिमुखिकरण गराउनु भएको थियो ।
मेडिकल अधिकृत आकाश मन्डलले सुर्तीजन्य पदार्थको सेवन तथा नियन्त्रण र नियमन सम्बन्धि संदेश दिनुका साथै धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन, मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सुर्ती सेवनले सामाजिक, आर्थिक, सांस्कृतिक, बाल मनोसमाजिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले सो कार्यलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हित अभिबृद्धि गर्नबारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गर्नुभएको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह