सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
हेम्पल फाउण्डेसनको आर्थिक सहयोग, स्ट्रिट चाईल्ड अफ नेपालको प्राविधिक सहयोग, आसमान नेपालको आयोजना तथा त्रिवेणी गाँउपालिका सल्यानको समन्वयमा यस पालिका भित्रका २६ वटा सामुदायिक विध्यालयहरुमा कार्यक्रम लागु भएको छ । बालबालकिाहरुको (TaRL) विधिमा आधारभुत सिकाई सुधार वा आपुरण गर्ने विध्यार्थि केन्द्रीत सिकाई पद्धती कार्यन्वयन गर्ने , विध्यालयका शिक्षकहरुको क्षमता विकास गर्दै विध्यार्थिको सिकाईमा मदत पु¥याउने , दिर्घकालीन गुणस्तरीय सिकाईको लागी तथ्यमा आधारीत पैरवी गर्ने यस परीयोजनाको मुख्य उद्देश्य रहेको आसमान नेपाल कर्णाली प्रदेश संयोजक उपेन्द्र भण्डारीले बताउनु भयो । कार्यक्रम लागु भएका त्रिवेणी गाँउपालीका सल्यानका विध्यालयमा स्ट्रिट चाईल्ड अफ नेपाल, आसमान नेपाल तथा त्रिवेणी गाँउपालिका सल्यानको संयुक्त कक्षा अनुगमन एंवम बेशलाईन तथा मिडलाईनको नतिजा प्रस्तुतीकरण र विध्यालयमा गरीएको काम तथा प्रगतीको वारेमा जानकारी गराईएको थियो । उक्त कार्यक्रममा वोल्दै त्रिवेणी गाँउपालीका सल्यानको अध्यक्ष खिम बहादुर रावतले (TaRL) कार्यक्रम आफुलाई धेरै राम्रो लागेको र आफुले पनी विध्यालय अनुगमनका क्रममा विध्यार्थिहरुमा धेरै सिकाई भएको पाएकोले आगामी दिनमा पनी आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
यस्तै त्रिवेणी गाँउपालीका सल्यानका प्रमुख प्रशासकिय अधिकृत खुम वहादुर के सीले यो विधीले विध्यार्थिहरुमा सिकाई स्तरमा धेरै वृद्धी भएको आफुले पनी पाएको र अनुगमनका क्रममा देखेकोले यस कार्यक्रम तथा यस्ता कार्यक्रमलाई आफ्ना पालिकाले पनी लागु गर्ने र आफ्नो पालीकामा यस्तो राम्रो कार्यक्रम ल्याएर विध्यालयमा लागु गरेकोले आसमान नेपाल परीवारलाई धन्यवाद दिनु भयो । कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष छबिराज शर्मा शिक्षा शाखा प्रतिनिधि दल वहादुर राणा, आसमान नेपाल कर्णाली प्रदेश संयोजक उपेन्द्र भण्डारी, विध्यालयका प्र अ तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
यो परीयोजना मधेस र कर्णाली प्रदेशमा लागु भएको छ जस अन्तर्गत कर्णालिका सुर्खेत जिल्लाको चौकुने गाँउपालिका र सल्यान जिल्लाको त्रिवेणी गाँउपालीका र कपुरकोट गाँउपालीकामा यो कार्यक्रम लागु भईरहेको छ ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





