सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
हेम्पल फाउण्डेसनको आर्थिक सहयोग, स्ट्रिट चाईल्ड अफ नेपालको प्राविधिक सहयोग, आसमान नेपालको आयोजना तथा त्रिवेणी गाँउपालिका सल्यानको समन्वयमा यस पालिका भित्रका २६ वटा सामुदायिक विध्यालयहरुमा कार्यक्रम लागु भएको छ । बालबालकिाहरुको (TaRL) विधिमा आधारभुत सिकाई सुधार वा आपुरण गर्ने विध्यार्थि केन्द्रीत सिकाई पद्धती कार्यन्वयन गर्ने , विध्यालयका शिक्षकहरुको क्षमता विकास गर्दै विध्यार्थिको सिकाईमा मदत पु¥याउने , दिर्घकालीन गुणस्तरीय सिकाईको लागी तथ्यमा आधारीत पैरवी गर्ने यस परीयोजनाको मुख्य उद्देश्य रहेको आसमान नेपाल कर्णाली प्रदेश संयोजक उपेन्द्र भण्डारीले बताउनु भयो । कार्यक्रम लागु भएका त्रिवेणी गाँउपालीका सल्यानका विध्यालयमा स्ट्रिट चाईल्ड अफ नेपाल, आसमान नेपाल तथा त्रिवेणी गाँउपालिका सल्यानको संयुक्त कक्षा अनुगमन एंवम बेशलाईन तथा मिडलाईनको नतिजा प्रस्तुतीकरण र विध्यालयमा गरीएको काम तथा प्रगतीको वारेमा जानकारी गराईएको थियो । उक्त कार्यक्रममा वोल्दै त्रिवेणी गाँउपालीका सल्यानको अध्यक्ष खिम बहादुर रावतले (TaRL) कार्यक्रम आफुलाई धेरै राम्रो लागेको र आफुले पनी विध्यालय अनुगमनका क्रममा विध्यार्थिहरुमा धेरै सिकाई भएको पाएकोले आगामी दिनमा पनी आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
यो परीयोजना मधेस र कर्णाली प्रदेशमा लागु भएको छ जस अन्तर्गत कर्णालिका सुर्खेत जिल्लाको चौकुने गाँउपालिका र सल्यान जिल्लाको त्रिवेणी गाँउपालीका र कपुरकोट गाँउपालीकामा यो कार्यक्रम लागु भईरहेको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री