त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
सल्यानको त्रिवेणी गाउँपालिकाले गर्भवति तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउने बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन भित्रका आमाहरुलाइ पोषण साम्रगी बितरण गरेको छ ।
जस अन्तर्गत वडा नम्बर १ मा १ सय ९३, वडा नम्बर २ मा ९८, वडा नं. ३ मा १ सय ८० , वडा नं. ४ मा १ सय ११६, वडा नम्बर ५ मा १ सय ३३ र वडा नम्बर ६ मा १ सय ६५ जना गरी जम्मा ८ सय ८६ जना आमाहरुलाई ३ हजार २ सय न्यु हेम्पासायर, ब्ल्याक अस्ट्रोलोप जातका कुखुरा, ४ सय ५० किलो दाना, औषधी, पोशिलो तरकारीको बिउ, पाने चार्ने हजारी बितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताउनु भयो ।
संघिय अनुदान ५० लाख र प्रदेश अनुदान ३० लाख गरी कुल ८० लाखको कार्यक्रममा पोषणको महत्व र व्यवहार परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भईसकेको र आगामी दिनमा पोषण पिठो वितरण, पोषण कर्नर लगायत जनचेनता अभिबृद्धिका कार्यहरु गर्ने प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सीले बताउनु भयो ।
आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस भन्ने गाउँपालिकाको लक्ष्य रहेको उपाध्यक्ष सिता खड्का पुनले बताउनु भयो ।
कुखुरापालन ब्यवसायबाट आयआर्जन बृद्धिगरी सुनौलो हजार दिनका आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्धेश्यले गाउँपालिका सबै वडामा उक्त सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न