सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण

   
त्रिवेणी अनलाइन
२४ फाल्गुन २०८०, बिहीबार १८:३१ मा

गर्भवति तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन सल्यानको त्रिवेणी गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन भित्रका वडा नम्बर १,२,५ र ६ का ५ का ५८९ जना आमाहरुलाई २ हजार २ सय न्यु हेम्पासायर, ब्ल्याक अस्ट्रोलोप जातका कुखुरा, दाना, औषधि, उन्नत तरकारीको बिउ, पाने चार्ने हजारी बितरण गरेको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी. १ नम्बर वडा अध्यक्ष दल बहादुर बस्नेत, २ नम्बर वडा अध्यक्ष हस्त बहादुर राम्जा, ५ नम्बर वडा अध्यक्ष बिमल रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल रहनु भएको थियो कार्यक्रम को संचालन पशु शाखा प्रमुख बसन्त रावत ले गर्नुभएको थियो । वडा नम्बर १ मा १९३, वडा नम्बर २ मा ९८, वडा नम्बर ५ मा १३३ वडा नम्बर ६ मा १६५ जना गरी जम्मा ५८९ जना आमा हरुलाई उक्त सामाग्री बितरण गरिएको थियो ।

May be an image of 9 people, temple and text that says'कुखुरा पोवण S वितरण कार्यक्रम'

कुखुरापालन ब्यवसायबाट आयआर्जन बृद्धिगरी सुनौलो हजार दिनका आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्धेश्यले गाउँपालिका सबै वडामा उक्त सामग्रीहरु वितरण गरिने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।

May be an image of 10 people, tree and textMay be an image of 8 people, temple and textMay be an image of 4 people and textMay be an image of 4 people and text

तपाइँको प्रतिक्रिया
Array