गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
त्रिबेणी गाउँपालिका वडा नं. ५ ढोरचौरमा रहेको गायत्री प्राथामिक बिद्यालयले आफ्नो ३४ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवश भब्य कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान संगम सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयको शैक्षिक सुधारका लागी आफुहरुले काम गरिरहेको र साथ दिनको लागी सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक क्षेत्र बहादुर बि.कले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान संगम सुनारले बोल्दै स्थानीय सरकारबाट राम्रै सहयोग पाईरहेको र आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । शिक्षा शाखाबाट दल बहादुर राना, अन्य विद्यालयका वि.ब्य.स. अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक याम बहादुर सुनारले गर्नुभएको थियो ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





