गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
त्रिबेणी गाउँपालिका वडा नं. ५ ढोरचौरमा रहेको गायत्री प्राथामिक बिद्यालयले आफ्नो ३४ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवश भब्य कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान संगम सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयको शैक्षिक सुधारका लागी आफुहरुले काम गरिरहेको र साथ दिनको लागी सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक क्षेत्र बहादुर बि.कले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान संगम सुनारले बोल्दै स्थानीय सरकारबाट राम्रै सहयोग पाईरहेको र आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । शिक्षा शाखाबाट दल बहादुर राना, अन्य विद्यालयका वि.ब्य.स. अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक याम बहादुर सुनारले गर्नुभएको थियो ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री