त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम
सल्यानको त्रिवेणी गाउँपालिकाले ३ जना सडक मानवको उद्धार गरी दाङको मानवसेवा आश्रममा पठाएको छ ।
खुला आकाशमुनि रात बिताउन विवश, घर परिवारविहीन, मनोरोगी तथा जीवन नै जोखिममा रहेका उहाँहरुको उपचार, पालनपोषण तथा उचित वातावरणको लागी गाउँपालिका लागी परेको अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । उहाँले तत्कालको लागी गाउँपालिकाबाट रु ५० हजार प्रदान गर्ने बताउनु भयो । साथै गाउँपालिका अध्यक्ष र वडा नं. ३ का वडा अध्यक्ष कर्णदेव डाँगीले आफ्नो ब्यक्तिगत एक महिनामा आउने सेवा सुविधा बापतको सम्पूर्ण रकम मानसेवा आश्रमलाई प्रदान गर्ने बताउनु भयो । उक्त कार्यमा गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., सम्पूर्ण वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख रेशमलाल पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





