त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाइ वडा नं. ५ सिम्कमा सम्पन्न
स्थानीय तह र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
विहिबार वडा नं ५ को वडा कार्यालय सिम्क आर्थिक वर्ष २०८०।८१ को पहिलो चौमासिक सम्म सम्पादन गरिएका काम कारबाहि विकास योजना विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।
त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको बजेट, कार्य प्रगति विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।
५ नं वडाले आर्थिक बर्ष ०८०।८१ मा सम्पादन गरेको कामहरुको जानकारी वडासचिव शंकर रानाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रुपमा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडा अध्यक्ष बिमल रावत, योजना शाखाबाट अमरसिंह बबाल, प्राविधिक शाखाबाट ईन्जिनियर शिवराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख वसन्त रावत, स्वास्थ्य शाखा यमुना भण्डारी, राष्ट्रिय भुमि आयोग त्रिवेणीका इकाई संयोजक सरोज बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख वसन्ता वली, त्रिबेणी गाउँपालिकाका वडा नं ५ सदस्यहरु रहनु भएको थियो भने । कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





