सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ ले १ सय १४ जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तीहरुलाई सम्मान गरेको छ ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ ले ७० वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तीहरुलाई सम्मान गरेको छ ।
आईतरबार एक कार्यक्रम गर्दै वडाले १ सय ५ जना जेष्ठ नागरिक र ९ जना पूर्ण अपाङ्गता भएका ब्यक्तीहरुलाई न्यानो कपडा वितरण गरेको हो । सम्मान कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जेष्ठ नागरिकको समग्र रुपमा आत्मसम्मान मर्यादा एंव सहभागितामुलक काममा अग्रसरता बढाउने र आफ्नो सक्रिय जीवनमा रमाएर विताएका अमूल्य अनुभव ज्ञान र सिपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै वडाले सम्मान गरेको बताउनुभयो । वडा अध्यक्ष हस्त बहादुर राम्जाले सरकारले दिदै आएको भत्ताले मात्र नपुग्ने भन्दै आफुले वडाबाट बजेट विनियोजन गरेर वडाका नागरिकलाई आफुहरु अभिभावक भएको महसुस गराउन यस्ता कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । कार्यक्रमको संचालन वडा सचिव लोक बहादुर राम्जाले गर्नुभएको थियो ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।