सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु
सल्यान, २९ पुस ।
सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ बर्षिय धन बहादुर आलेको ढुंगाले टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो दिउसोँ साढेँ तीन वजे तिर कालीमाटी गाउँपालिका ६ जुमखोला बस्ने अन्दाजी ४४ बर्षिय घनश्याम घर्तीले वडा नम्बर ७ को खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा करिब ५ सय मिटर तल तरुल खन्दै गरेका आलेको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा चोट लागेका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






