सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु
सल्यान, २९ पुस ।
सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ बर्षिय धन बहादुर आलेको ढुंगाले टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो दिउसोँ साढेँ तीन वजे तिर कालीमाटी गाउँपालिका ६ जुमखोला बस्ने अन्दाजी ४४ बर्षिय घनश्याम घर्तीले वडा नम्बर ७ को खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा करिब ५ सय मिटर तल तरुल खन्दै गरेका आलेको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा चोट लागेका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
धेरैले पढेको