त्रिवेणी गाउँपालिका वडा नंं ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी अभिमुखिकरण

   
त्रिवेणी अनलाइन
२३ पुष २०८०, सोमबार १७:४६ मा
[Sassy_Social_Share total_shares="ON"]

त्रिवेणी गाउँपालिका वडा नंं ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिकाले गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितीमा सुधार ल्याउन वडा नं. ५ भित्र रहेका सुनौलो हजार दिनका आमाहरुलाई पोषण सम्वन्धि अभिमुखिकरण गराएको हो ।
सोमबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले हरेक व्यक्ति स्वस्थ र सक्षम वन्नका लागि सन्तुलित भोजन पहिलो आवश्यकता भएको बताउनुभयो । सन्तुलित भोजनको सेवन गरेमा आमा र शिशु दुवै स्वस्थ रहेने हुदाँ प्रत्येक आमाहरुले आफूले के खाँदा फाइदाजनक हुन्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो ।

May be an image of 3 people, temple and text
स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बालवालिकाको शारिरिक र मानसिक वृद्धिविकासका लागि गर्भावस्था देखि बच्चा जन्मिएपछि २ वर्षसम्म खानपानमा विशेष ध्यान दिनुपर्ने वताउनुभयो । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख बसन्ता वली, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल र खानेपानी तथा सरसफाई शाखाबाट प्राविधिक गंगाराम वलीको उपस्थिती रहेको थियो ।
गाउँपालिकाको वडा नं. ४ लाई यसअघि नै पोषणयुक्त वडा घोषणा गरिएको छ ।

May be an image of 6 people and text

यस्तै वडा नं. ५ को स्वास्थ्य संस्था परिसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खिता खड्का पुनले प्रत्येक व्यक्ति आफुनो र परिवारको स्वास्थ्य प्रति सचेत रहनुपर्ने भन्दै शिशुको स्वास्थ्यप्रति आमा मात्र नभई र परिवारका हरेक सदस्यको उत्तिकै जिम्मेवारी हुने वताउनुभयो ।

May be an image of 5 people and text

त्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बिमल रावतको अध्यक्षतामा भएको कार्यक्रमा पशु सेवा शाखा प्राविधिक विन्जना रिजाल, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख शंकर राना लगायत महिला स्वास्थ्य स्वयसेविकाहरुको उपस्थिती रहेको थियो ।

May be an image of 7 people and text

कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा सुनौलो हजार दिनका आमा र बच्चालाई स्वस्थ राख्न ध्यानदिनुपर्ने कुराहरु र पोषिलो आहाराका वारेमा स्वास्थ्य शाखाबाट यमुना भण्डारीले प्रकास पार्नु भएको थियो ।

May be an image of 7 people

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu