सल्यानमा बृहत सल्यान महोत्सव २६ गतेदेखी माघ ७ सम्म संचालन हुने
सल्यानमा बृहत सल्यान महोत्सव २०८० संचालन हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा पौष २६ देखि माघ ७ गते सम्म महोत्सव संचालन हुने भएको हो । सल्यान श्रीनगरमा हुने महोत्सवको बारेमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रेमनारायण बिकले लोपोन्मुख मौलिक कला साँस्कृतिको प्रदर्सन गरि संरक्षणमा टेवा पुर्याउने र जिल्लाका पर्यटन,कृषि,औधोगिककरण,जिल्लामा उत्पादित बस्तुहरुको बजारीकरण गर्ने उदेश्यले महोत्सव संचालन गर्न लागीएको बताउनु भयो ।उहाँले महोत्सव बाट संकलन रकम बाट पौराणिक कला साँस्कृतिक लाई संरक्षण गर्नको लागि कलाघर निर्माण गर्ने बताउनु भयो ।
दश दिन सम्म संचालनहुने महोत्सवमा जिल्लाका १० वटै स्थानीय तहका पुराना मौलिक लोक झाँकि प्रदर्सनी,स्थानीय एवं राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको प्रस्तुति,अर्गानिक उत्पादनहरु तरकारी,फलफूल तथा कृषि जन्य उत्पादित सामाग्री प्रदर्शनी,महिला उधमीहरु द्वारा उत्पादित विभिन्न सामाग्री,शिक्षा स्वास्थ्य,खेलकुद संग सम्बन्धित सेवा प्रदायक संघ संस्थाका स्टलहरु राखिने बताउनु भएको छ ।
शारदा नगरपालिका सल्यान संरक्षक,नयाँसोच युवा क्लब शारदा नगरपालिका ६ सह आयोजक रहेको उक्त महोत्सवमा ३० हजार बढी दर्शक मेलामा सहभागी हुने आकलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह