पहिरोले स्वास्थ्य क्लिनिकको भवन र ६ रोपनी खेत बगायो
अछाम – बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पहिरोले ६ रोपनी खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ । बुधबार राति भएको वर्षाका कारण आएको पहिरोले दर्ना काँडाकोट टोलका स्थानीयको खेत र गाउँघर स्वास्थ्य क्लिनिककोे भवन बगाएको हो ।
स्थानीय पंख कठायत, अम्मर साउद, बाहादुर धामी र गणेश धामीको ६ रोपनी खेत पहिरोले बगाएको पीडित किसानहरुले बताएका छन् । गाउँको पाडुमुजेली, भोट्यावस्या र राक्स्या खेत पहिरोले बगाएको पिडीत किसान पंख कठायतले जानकारी दिनुभयो ।
पहिरोले खेत बगाएपछि किसानले व्यवस्थापन र राहतका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् । पहिरोले काडाकोटमा स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिकको भवनमा पनि क्षति पुगेको छ । भवन पहिरोले पुरिएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको