पहिरोले स्वास्थ्य क्लिनिकको भवन र ६ रोपनी खेत बगायो
अछाम – बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पहिरोले ६ रोपनी खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ । बुधबार राति भएको वर्षाका कारण आएको पहिरोले दर्ना काँडाकोट टोलका स्थानीयको खेत र गाउँघर स्वास्थ्य क्लिनिककोे भवन बगाएको हो ।
स्थानीय पंख कठायत, अम्मर साउद, बाहादुर धामी र गणेश धामीको ६ रोपनी खेत पहिरोले बगाएको पीडित किसानहरुले बताएका छन् । गाउँको पाडुमुजेली, भोट्यावस्या र राक्स्या खेत पहिरोले बगाएको पिडीत किसान पंख कठायतले जानकारी दिनुभयो ।
पहिरोले खेत बगाएपछि किसानले व्यवस्थापन र राहतका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन् । पहिरोले काडाकोटमा स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिकको भवनमा पनि क्षति पुगेको छ । भवन पहिरोले पुरिएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






