लिभरपुलमाथि बार्सिलोनाको सानदार जित, ७ मिनेटमा मेसीको २ गोल
बार्सिलोनाको जितका लागि मेसीले २ र सुवारेजले १ गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले बार्सिलोनालेभन्दा बढी समय बल आफ्नो कब्जामा राखेको थियो । तर बार्सिलोनाविरुद्ध स्कोर गर्न नसक्दा गत सिजनको फाइनलिस्ट लिभरपुल फराकिलो हार व्यहोर्न बाध्य भयो ।

खेलको २६ औं मिनेटमा लुइज सुवारेजले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले अगाडी रहेको बार्सिलोनाका लागि मेसीले ७५ औं मिनेटमा दोस्रो गोल गरे । त्यसको ७ मिनेपछि नै ८२औं मिनेटमा मेसीले अर्को गोल गरी बार्सिलोनाका लागि फराकिलो अन्तरको जित निश्चित गरिदिए ।
मेसीले बार्सिलोनाका लागि ६०० औं गोल गरेका छन्। बलियो टोली लिभरपुलले बार्सिलोनाविरुद्ध पटक–पटक आक्रमण गरेको थियो । तर उसले गोलका लागि गरेका सबै प्रयास असफल भए ।
दोस्रो लेगको खेल मे ८ मा लिभरपुलको घरेलुमैदानमा हुँदैछ । च्याम्यिन लिग सेमीफाइनलको अर्काे खेलमा बुधबार डच क्लब आजाक्सले इङ्लिस क्लब टोटनह्याममाथि पहिलो लेगमा १–० को जित निकालेको थियो
]]>- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







