त्रिवेणीमा स्वास्थ्य संकट एवं विपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अन्तीम मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न

   
त्रिवेणी अनलाइन
१७ असार २०७९, शुक्रबार १९:२१ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानको त्रिवेणी गाउँपालिकामा स्वास्थ्य संकट एवं विपत पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अन्तीम मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर रावत ज्युको अध्यक्षतामा गाउँ कार्यपालिकाका सदस्यज्युहरु, प्रमुख प्रशासकीय अधिकृत तथा मस्यौदा तयारी कार्यदल सदस्यहरु, पालिका कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा परामर्श बैठक वसि पालिका स्तरीय स्वास्थ्य संकट एवं विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको प्रस्तावित मस्यौदा २०७९ माथि विस्तृत छलफल भएको थियो ।


उक्त मस्यौदा तयारीको लागि पालिका स्तरमा यस अघिनै मस्यौदा कार्यदल गठन भएको थियो भने मस्यौदा तयारीको लागि प्राविधिक सहयोग स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रम ले गर्दै आएको थियो ।
उक्त छलफल तथा परामर्श बैठकमा प्रस्तावित मस्यौदाका विभिन्न विषयगत क्षेत्रहरु र सो अन्तर्गतको पुर्वतयारी तथा प्रतिकार्यको प्रमुख कृयाकलापहरु लगायत विविध प्रावधानहरुवारे छलफल भएको थियो । उक्त कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री प्रभात कुमार श्रेष्ठले गर्नु भएको थियो भने समग्र सहजीकरण स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमका श्री हरिलाल ढकालले गर्नु भएको थियो ।

उक्त मस्यौदा माथि आएका सुझाव तथा सल्लाहहरुलाई समेटेर स्वास्थ्य संकट एवं विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाको प्रस्तावित मस्यौदा २०७९ अन्तिम स्वीकृतिको लागि कार्यपालिकामा पेश गर्ने सर्वसम्मत निर्णय समेत गरिएको छ ।
समापन समयमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्री बसुन्धरा पुन तथा गाउँपालिका अध्यक्ष श्री खिम बहादुर रावतज्युले आफ्नो विचार राख्नु भएको थियो । वहाँहरुले गाउँपालिकाको लागि अति आवस्यक रहेको यस पुर्वतयारी तथा प्रतिकार्य योजना बनेकोमा खुशि व्यक्त गर्दै प्राविधिक सहयोग पुर्याउने स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमलाई समेत धन्यवाद ज्ञापन गर्नु भयो

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu