शारदा नगरपालिकाद्वारा २० वटा बिद्यालयलाई ल्याप्टप वितरण
शारदा नगरपालिका सल्यानले शिक्षण सिकाईलाई सहज र प्रविधिमैत्री बनाउनका लागि बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । एक द्यिालय एक ल्याप्टप कार्यक्रम अनुसार नगरपालिकाले २० वटा बिद्यालयलाई ल्याप्टप वितरण गरेको हो ।
ल्याप्टप वितरण गरिएका २० वटा विद्यालयमा कार्यरत २० जना शिक्षकलाई शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले एक कार्यक्रमका बिच ल्याप्टप बितरण गरेेेका हुन ।
नगरपालिका भित्र रहेका निमाबि ५ वटा र १५ वटा प्राबि तहका बिद्यालयलाई ल्याप्टप वितरण गरिएको शारदा नगरपालिका शिक्षा शाखा अधिकृत संगिता बुढाले बताइन ।
शारदा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८बाट बिनियोजित बजेट बाट नै बिद्यालयलाई ल्याप्टप वितरण गरिएको उनको भनाइ छ ।
बिद्यालयको तथ्याङक संकलन गर्ने, कोरोनाको बेला पनि बिद्यालय बन्द भएको समयमा सिकाई निरन्तरता दिनको लागि ल्याप्टप वितरण गरिएको शिक्षा शाखा अधिकृत बुढाले बताइन ।
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






