शारदा नगरपालिकाद्वारा २० वटा बिद्यालयलाई ल्याप्टप वितरण

   
त्रिवेणी अनलाइन
२४ असार २०७८, बिहीबार ०८:०४ मा

शारदा नगरपालिका सल्यानले शिक्षण सिकाईलाई सहज र प्रविधिमैत्री बनाउनका लागि बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । एक द्यिालय एक ल्याप्टप कार्यक्रम अनुसार  नगरपालिकाले २० वटा बिद्यालयलाई ल्याप्टप वितरण गरेको हो ।
ल्याप्टप वितरण गरिएका २० वटा विद्यालयमा कार्यरत २०  जना शिक्षकलाई शारदा  नगरपालिकाका नगरप्रमुख  शुरेस अधिकारीले एक कार्यक्रमका बिच ल्याप्टप बितरण गरेेेका हुन ।
नगरपालिका भित्र रहेका निमाबि ५ वटा र १५  वटा प्राबि तहका बिद्यालयलाई ल्याप्टप वितरण  गरिएको शारदा नगरपालिका शिक्षा शाखा अधिकृत संगिता बुढाले बताइन ।
शारदा  नगरपालिकाको आर्थिक वर्ष २०७७/७८बाट बिनियोजित बजेट बाट नै बिद्यालयलाई ल्याप्टप वितरण गरिएको उनको भनाइ  छ ।
बिद्यालयको तथ्याङक संकलन गर्ने, कोरोनाको बेला पनि बिद्यालय बन्द भएको समयमा सिकाई निरन्तरता दिनको लागि ल्याप्टप वितरण गरिएको शिक्षा शाखा अधिकृत बुढाले बताइन ।

तपाइँको प्रतिक्रिया
Array