हरेक दिन कतिजना मानिसले ट्वीटर लगइन गर्छन् ?
पछिल्लो तथ्यांकले ट्वीटरको लोकप्रियताको वृद्धिदर झनै उकालो लागिरहेको देखाएको छ ।
ट्वीटरले हालै आफ्नो सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार अहिले हरेक दिन १३ करोड ४० लाख मानिसले ट्वीटर लगइन गर्दछन् ।
सन् २०१८ को अन्तिम त्रैमासिकमा दैनिक ट्वीटर प्रयोगकर्ताको संख्या १२ करोड ६० लाख रहेकोमा पछिल्लो त्रैमासिकमा उक्त संख्यामा ८० लाखले वृद्धि भएको हो ।
ट्वीटरका अनुसार यो तथ्यांक केवल ट्वीटरमा विज्ञापन हेर्ने ट्वीटर प्रयोगकर्ताको हो । ट्वीटरमा विज्ञापन नहेर्ने प्रयोगकर्ताको संख्या बढी रहेको हुँदा ट्वीटरका यथार्थ प्रयोगकर्ताको संख्या झनै बढि रहेको सहजै अनुमान गर्न सकिन्छ ।
ट्वीटरका अनुसार ट्वीटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्या बढेर ३३ करोड पुगेको छ । अघिल्लो त्रैमासिकमा यो संख्या ३२ करोड १० लाख थियो । यसले ट्वीटर प्रयोगकर्ताको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भैरहेको पुष्टि गरेको छ ।
तर संख्यामा भैरहेको यो वृद्धिका बाबजुत खासगरी महिला प्रयोगकर्ताले ट्वीटरमा हिंसा तथा दुव्र्यवहारका गुनासोहरुमा वृद्धि भैरहेको छ । यस्तो समस्या समाधान गर्न था स्वस्थ संवादलाई प्रवद्र्धन गर्नका लागि ट्वीटरले नयाँ नयाँ फिचरहरु थप गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
]]>- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न