फेसबुकमा ‘जीवित’भन्दा ‘मृतक’को संख्या धेरै हुने
फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ ।
एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै हुनेछ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता कार्ल ओहम्यान र डेभिड वाट्सनले गरेको अध्ययन अनुसार यदि फेसबुक प्रयोगकर्ताको वृद्धिदर हालकै अवस्थामा रहेमा यो शताब्दीको अन्त्यसम्ममा फेसबुकमा मृतक मान्छेका अकाउन्टको संख्या ४ अर्ब ९० करोड पुग्नेछ । फेसबुकको प्रयोगकर्ता वृद्धिको दर अहिले १३ प्रतिशत रहेको छ ।
शोधकर्ताहरुका अनुसार फेसबुक अहिले मानव इतिहासकै सबैभन्दा ठूलो मानवीय संग्रहालय बनेको छ जसमा असंख्य मानव व्यवहार तथा संस्कृतिको भण्डार रहेको छ । फेसबुकको यस्तो अर्काइभमाथि नियन्त्रण गर्नु एक किसिमले मानव इतिहासमाथि नै नियन्त्रण गर्नु सरह हुने शोधकर्ताको मत छ ।
विश्वका अर्बौं मानिसहरुका ती असंख्य तथ्यांकमाथि फेसबुकजस्तो कुनै एउटा नाफामूखी कम्पनीको मात्र पहुँच हुनु नहुने र ती असंख्य डाटाको संरक्षण गर्नका लागि फेसबुकले विश्वका इतिहासबेत्ता तथा विज्ञहरुलाई आमन्त्रण गर्नुपर्ने शोधकर्ता वाट्सन बताउँछन् ।
स्मरण रहोस् कुनै पनि फेसबुक प्रयोगकर्ताको मृत्यु भएको जानकारी प्राप्त हुनासाथ फेसबुकले उक्त अकाउन्टलाई संस्मरणात्मक अकाउन्ट अर्थात् लिगेसी अकाउन्टमा परिणत गर्दछ । यसलाई मेमोराइज्ड अकाउन्ट पनि भनिन्छ ।
फेसबुकको सेटिंग्समा एउटा अप्सन रहेको छ जहाँ लिगेसी अकाउन्ट सेलेक्ट गरेसँगै उक्त अकाउन्ट मेमोरियलाइज्ड अकाउन्टमा परिणत हुन्छ ।
एजेन्सी
]]>- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह