‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्। शुक्रबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।’
सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।’
चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन्।
सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख आद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उनको दाबी छ।
सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।
‘भूकम्पपछि बन्द तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालनमा आउने निश्चित भएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘
सरकारी सेवालाई सूचना प्रविधिमा आवद्ध गर्नेगरी डिजिटल नेपाल फ्रेमवर्क तयार भएको छ।’
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







