त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
नेपाली काँग्रेसबाट त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेखित बुदाहरु यस्ता रहेका छन ।
-भ्रष्टाचार मुक्त पालिका बनाईने छ ।
-त्रिवेणी बासीका समस्याहरु बुझेर समस्याहरुको समाधान गर्दै जनतालाई स्थानीय सरकारको प्रत्याभूति दिलाईने छ ।
– सुचनाको हकका लागि डिजिटल पारदर्शिता अपनाईने छ ।
– जनतालाई सुख शान्ति र समृद्धिको पूर्ण प्रत्याभूति दिलाईने छ ।
– महिला शसक्तिकरणको लागी सिप विकासमा बजेटको निर्धारण गरि कार्यक्रम गरिनेछ ।
– त्रिवेणी गाउँपालिकाबाट हाल सञ्चालनमा रहेका कार्यक्रमहरु सार्वजनिक बिदाका दिनमा पनि स्वास्थ्य चौकी खुल्ला रहने, जेष्ठ नागरिक घर भेट, सुत्केरी जाँच घर भेट, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका प्रोत्साहन जस्ता कार्यक्रमलाई अझै परिस्कृत गर्दै लगिनेछ ।
– गाउँपालिकामा १० सैयाको अस्पताल निर्माण कार्यलाई तिव्रता दिई स्वास्थ्य सेवा सर्व सुलभ बनाइनेछ ।
– पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरी ५ वर्ष मुनिका बालवालिकामा हुने कुपोषणलाई शुन्यमा ल्याउन कार्यक्रम सन्चालन गरिनेछ ।
– पूर्ण सरसफाई युक्त पालिका घोषणा गरी स्वस्थ हराभरा त्रिवेणी बनाउने र हरेक वडामा एक वटा नमुना टोल निर्माण गरिने छ ।
– सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्युटर ल्याब स्थापना गरिने छ ।
– सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा शिक्षा प्रणाली लागु गरिने छ ।
– घरेलु हिंसामुक्त र बालश्रम मुक्त पालिका बनाइने छ ।
– एम्वुलेन्स सेवा र विपत जोखिम न्यूनिकरण व्यवस्थापनको लागि २४ सै घण्टा तत्पर रहनेछौ ।
– “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई सार्थक बनाउन खेलकुदका कार्यक्रमहरु संचालन गरिने छ ।
– सरकारी विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरणको कार्यक्रमलाई निरन्तरता दिनेछौ ।
– सामुदायिक विद्यालयका विद्यार्थीहरुको शिक्षण सिकाईमा प्रभावकारिता ल्याउन गाउँपालिका स्तरिय शैक्षिक कार्यक्रम गरिने छ ।
– सामुदायिक विद्यालयमा सिप, उद्यमसिलता र खेलकुद विकासका लागी प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने छ ।
– विद्यालय नर्स कार्यक्रम शुरुवात गरिनेछ ।
– प्रविधि मैत्री र सेवाग्राही मैत्री वडा÷गाउँपालिका बनाईने छ ।
– सबै कार्यालयहरुमा सुशासनको प्रत्याभूत गरिने छ ।
– जन्म दर्ता, विवाह र मृत्यू दर्ता प्रमाणपत्र, अपाङ्ग परिचयपत्र र अन्य सेवा घर दैलोमा उपलब्ध गराईने छ ।
– सवै वडा र पालिकास्तरमा अनलाईन भुक्तानी प्रणालीको सुरुवात गरिने छ ।
– योजना तर्जुमा गर्दा भौगोलिक विविधता र जनताका चाहाना आवश्यकता लाई प्राथामिकता दिई बजेट विनियोजन गरिने छ ।
– शारदा नदीको तटबन्धन र गिट्टी वालुवाको निकासी पैठारीमा उचित व्यवस्थापन गरिने छ ।
– कृषि उत्पादनमा सहजता बनाउन पक्की कूलो निर्माण कार्यलाई प्राथामिकता दिईने छ ।
– प्रदेश सरकारसंग समन्वय गरेर कृषि उपजको लागी कोल्ड स्टोर बनाउने प्रयत्न गरिने छ ।
– पालिकाभित्रका सडकहरुको स्तरोन्नती गरिने छ ।
– त्रिवेणी बासीलाई स्वच्छ र सफा पिउने पानीको उचित प्रवन्ध गर्दै “एक घर एक धारा” कार्यक्रम लागु गरिने छ ।
– विद्युतको पहुँच नपुगेको वस्तीहरुमा यथासीघ्र विद्युत विस्तार गरिनेछ ।
– त्रिवेणी गाउँपालिकाको मुख्य आम्दानीको स्रोत रहेको कृषि क्षेत्रलाई प्रमुख आर्थिक बिकासको रुपमा लिन ५ वर्षे गुरु योजना निर्माण गरी लगानी गरिने छ ।
– निःशुल्क कृषि तथा पशु बिमा व्यवस्था गरिने छ ।
– त्रिवेणी गाउँपालिकामा उत्पादन हुने नगदे वाली, फलफूल र तरकारी जन्य बस्तुको बजारीकरण गर्ने व्यवस्था मिलाईने छ ।
– कृषि मोवाईल एपको विकास गर्नेछौ ।
– हाल नेपाल सरकारले सञ्चालनमा ल्याएको किसान सुचिकृत कार्यक्रमलाई व्यवस्थापन गरी किसान परिचयपत्रको आधारमा उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम सन्चालन गरिने छ
– युवा उद्यमशिलतालाई विशेष प्राथामिकता साथै शिक्षा र सिपमा आधारित उद्योग गर्नेलाई आन्तरिक राजस्वमा छुटको व्यवस्था गरिने छ ।
– यूवा रोजगार मुलक योजनाको निर्माण गरी यूवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिने छ
– स्थानीयवासीको कुल ग्राहस्थ उत्पादनमा बृद्धि गर्न विशेष प्राथामिकता दिईने छ ।
– त्रिवेणी गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुलाई प्रवद्र्धन एवं संरक्षण गरिने छ ।
– रिखे बजारमा निर्माण भएको खेलमैदानलाई रंगशाला बनाईने छ ।
– करेलेचौर बृहत पार्क र उद्यान निर्माण गरिने छ ।
– त्रिवेणी तिर्थशाला धाममा डिपिआर बमोजिमको निर्माण कार्य अगाडी बढाईने छ ।
– लुहाम–फलाबाङ–मख्खनटाकुरी–दाङ सडक, ढुङ्गीबजार–पिमखोला–दाङ सडक, रिखे–गैरिकटेरी–दाङ सडक, काभ्रा–अखेला–दाङ सडक, कोल्चौर–खज्जर–दाङ सडक, रिखे–राजागिठि सडक, लुहाम–सिम्क–ढोरचौर सडक स्तर उन्नती गरी कालोपत्रे गरिने छ ।
– पर्यटन विकासका लागी लोक संस्कृतिको संरक्षण र पर्यटन पूर्वाधार कार्यक्रममा जोड दिईनेछ ।
– सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानिय पाठ्यक्रम हाम्रो त्रिवेणी लाई पूर्ण रुपमा लागु गरिने छ ।
– लुहाम–काभ्रा–कालीमाटी सडक कालोपत्रे गर्न ताकेता गरिने छ ।
– बासखोला, पिमखोला, रिखेखोलामा पक्की पुल निर्माणमा जोड दिईने छ ।
– त्रिवेणी गाउँपालिका भित्र सुत्केरी हुन आउने महिलाहरुलाई एम्बुलेन्स निःशुल्क गराईने छ । साथै सुत्केरीलाई खाना बस्नको व्यवस्था गरिने छ ।
– त्रिवेणी गाउँपालिका भित्रका एकल महिलाहरुलाई विशेष कार्यक्रम संचालन गरिने छ ।
– न्यायिक समितिमा आउनेलाई न्यायोचित न्याय दिलाईने छ ।
– महिलाहरुलाई हरेक कार्यक्रमहरुमा विशेष स्थान दिईने छ ।
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी