नेकपा समाजवादी त्रिवेणीले गठन गर्यो २ सय ५५ जना निर्वाचन परिचालन कमिटी
नेकपा एकीकृत समाजवादी त्रिवेणीले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका जिल्ला कमिटि उप–सचिव भिउसन नेपालीको संयोजकत्वमा २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
कमिटीमा वडा तथा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, वडा कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । कमिटीले मुख्य उद्देश्य भनेकै निर्वाचनमा मत आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भन्ने रहेको संयोजक भिउसन नेपालीले बताउनुभयो ।
बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै आफ्ना संगठनहरुलाई क्रियाशील बनाउदै लगेको समाजबाटी त्रिवेणीका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटिका सह–संयोजक समेत रहेका कुल बहादुर भण्डारीले बताउनु भयो । प्रतिगामी सोच भएका व्यक्तिहरूलाई परास्त गर्नका लागि छलफल बहसमा खटाइने अनेमा संघकी केन्द्रिय सदस्य पवित्रा केसीले बताउनुभयो। कार्यक्रमको संचालन नेकपा एकिकृत समाजबादी त्रिवेणीका सचिव डिल्ली केसीले गर्नुभएको थियो ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






