२७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी
सल्यानको त्रिवेणी गाउँपालिकामा अहिले सिता खडका पुन को नाम निकै चर्चामा छ । उनको नाम चर्चा हुनुको कारण हो उनको सानो उमेर । उनि अहिले २७ वर्षकी भईन, जिल्लामै सबैभन्दा कान्छी उम्मेदवारको रुपमा उनको नाम चर्चामा आएको हो । नेपाली कांग्रेस त्रिवेणीले उनलाई गाउँपालिका को उपाध्यक्ष पदमा उम्मेदवारी बनायको छ ।
सल्यानको त्रीवेणी गाउँपालिका का वडा नं. २ काँरागिठीमा जन्मेकि उनिले उच्च शिक्षासम्म अध्ययन गरेकी छन । उनि राजनितक परिवारकी सदस्य हुन् । राजनितिक परिवारकी सदस्य भएकै कारण उनिमा पनि राजनिति मा चासो बढेको बताऊछिन । “म यउटा मध्यम वर्गिय परिवाकौ सदस्य हु राजनितिमा धेरै चुनौतिहरु भएपनि ति सबै चुनौतिहरुलाई सामना गर्ने आट र हिम्मतका साथ म राजनितिमा आएकी छु । राजनितिलाई समाज सेवाको रुपमा लियको छु ।” यदि उनले जितेको खण्डमा राज्यबाट पाउने सेवा सुबिधा सामाजिक काममा खर्च गर्ने बताएकी छन् ।
उनको श्रीमान बैदेशिक रोजगारीको लागी दक्षिण कोरियामा छन । आफ्नो श्रीमान जस्तै हजारौ युवाहरु बैदेशिक रोजगारको लागि अफनो देश छोडेर अर्काको देशमा काम गर्न बाध्य छन् । अबको पुस्ताहरुले त्यो भोग्नु नपरोस् भन्ने उनको चाहाना छ । आफ्नै देशमा रोजगारीको सिर्जना गरि वैदेशिक रोजगारीमा जाने युवापुस्तालाई आफ्नै ठाँउमा केहि गर्न प्रेरित गर्ने उनले बताएकी छन ।
महिलाहरु घरायसी कामकाजमा मात्र सिमित नभएर राजनितिमा पनि सक्रियता देखाउदै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उनको विश्वास रहेको छ ।
राजनितिक परिवारको पृष्ठभुमि भएकोले उनको पार्टिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान रहेको बताउछिन । महिलाको हक अधिकार खोस्ने गरि गठबन्धन गर्ने प्रयास गरिएकोमा उनको आपत्ती रहेको छ । संबिधानले महिला लाई ३३ प्रतिशत अधिकार सुनिस्चित गरेको भएपनि स्थानिय निर्वाचनमा दलहरुले गठबन्धन गरेर प्रमुख पुरुष भए महिला उपप्रमुख र महिला प्रमुख महिला भए उपप्रमुख पुरुष हुने व्यबस्था संबिधानमा भएपनि त्यो कार्यान्वयन नभएको उनको बुझाई छ । महिला अधिकार सुनिस्चित गर्नकै लागि भएपनि बैशाख ३० गतेको स्थानिय निर्वाचनमा त्रिवेणीका सम्पुर्ण मतदाताहरुले रुख चिन्हमा मतदान गरेर जिताउनको लागी अनुरोध गरेकी छन् ।
त्रिवेणी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा कलावति बोहरा, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीको केन्द्रले गठबन्धन गरेर राजेन्द्र कुमार थापा (आरके) लाई उपाध्यक्षमा उठाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री