त्रिबेणी गाउँपालिकाद्धारा सहकारी संस्थालाई बाख्रा हस्तारन्तरण
सल्यानको त्रिबेणी गाउँपालिकाले बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रम अन्तर्गत एक सहकारी संस्थालाई बाख्रा वितरण गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ को नमुना सामाजिक उद्यमी महिला सहकारी सस्थालाई गाउँपालिका उपाध्यक्ष करुणा खड्का, वडा अध्यक्ष छबिराज शर्मा, वडा सदस्य पार्वती दर्लामी, सीता विष्ट, कृषि अधिकृत अमर बबालको उपस्थितिमा ६ वटा उन्नत बोका र २९ वटा स्थानीय जातका बाख्रा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
साथै कृषकले अनुदानबाट सुधार १० वटा खोरको अनुगमन पनि गरिएको छ । यसअघि पनि गाउँपालिकाले कृषकहरुका लागी आवश्यक तालिम, परजीवी नियन्त्रण तथा भिटामिन बितरण गर्ने कार्यक्रम गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको