त्रिबेणी गाउँपालिकाद्धारा बाख्रापालन किसानलाई बोका र बाख्रा हस्तान्तरण
सल्यानको त्रिबेणी गाउँपालिकाको कारागिठीका बाख्रापालन समुहलाई बोका र बाख्रा हस्तान्तरण गरिएको छ । संघिय सरकारको बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाँउपालिका वडा नम्बर २ कारागिठीको डाफेचरण बाख्रापालन समुहलाई बिहीवार उन्नत जातको बोका र स्थानिय जातका बाख्रा हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाले वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र घोषणा गरेको थियो । सोही अन्र्तगत रहेर बाख्रा पकेट क्षेत्र घोषणा गरिएको कारागिठीमा ब्यवसायिक बाख्रापालनका लागि किसानहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले डाफेचरण बाख्रापालन समुहलाई ३ वटा उन्नत जातका बोका र ४० वटा स्थानीय जातको बाख्रा हस्तान्तरण गरिएको गाउँपालिकाको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
उहाँले बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रम अन्तर्गत बोकाबाख्रा हस्तान्तरण सँगै बाख्राका खोर सुधार तथा आबश्यक तालिम समेत प्रदान गरिएको जानकारी दिनुभयो । बाख्रा हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का, वडा अध्यक्ष मेघराज रोका, प्राविधिक लक्ष्मण देवकोटा लगाएतको सहभागिता रहेको थियो । सो अबशरमा सुधारिएका ७ वटा बाख्रा खोरको अनुगमण समेत गरिएको छ
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।