कोरोनाबाट सल्यानमा थप तीन जनाको मृत्यु
वैशाख ३१,सल्यान
कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना छत्रेश्वरी गाँउपालिकाका रहेका छन् भने एक जना बागचौर नगरपालिकाका रहेका छन् ।
छत्रेश्वरी गाउँपालिका ६ की ७६ वर्षीया महिला, छत्रेश्वरी गाउँपालिका वडा न ७ का ५० वर्षीय पुरुष र बागचौर नगरपालिका वडा न ४ की ६३ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनका अनुसार ७६ र ६३ वर्षीया महिलाको गएराती होम आइसोलेसनमा मृत्यु भएको हो भने ५० वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीन जनाको मृत्यु भएसँगै सल्यानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
जिल्लामा हाल ५ सय २७ सक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान जिल्ला अस्पतालमा २५, संस्थागत आइसोलेसनमा ९ र होमआइसोलेशनमा ४ सय ९३ जना रहेका छन् । आज शुक्रबार १७ जना कोरोना संक्रमित थपिदा २१ जना भने डिस्चार्ज भएको सूचना अधिकारी डिसीले बताए ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा