सल्यानमा बिहीबार थप १ सय १२ जनामा कोरोना पुष्टि, थप एकजनाको मृत्यु

   
त्रिवेणी अनलाइन
२३ बैशाख २०७८, बिहीबार १७:३४ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानमा बिहीबार थप १ सय १२ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन परीक्षणबाट २४ र पिसिआर परीक्षणबाट ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टीजेन परीक्षणका क्रममा दार्मा गाउँपालिका ४ महिला र ९ पुुरुष, कुमाख गाउँपालिका १ महिला र ६ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पिसिसार परीक्षण गर्दा शारदा नगरपालिका र सल्यान अस्पतालका ९ महिला र १७ पुरुष, छत्रेश्वरी गाउँपालिकाका ७ महिला र १० पुरुष, त्रिवेणी गाउँपालिका ४ महिला र १३ पुरुष, कालिमाटी गाउँपालिकाका ७ महिला र ९ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै बागचौर नगरपालिकाका २ महिला र ५ पुरुष, सिद्ध कुमाख गाउँपालिका १ पुरुष र १ महिला, कुमाख गाउँपालिकाका २ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित मध्ये सल्यान अस्पतालमा २०, संस्थागत आइसोलेशनमा ५ र होम आइसोलेशनमा ३ सय ९० संक्रमित रहेका छन । संक्रमित मध्ये बिहीबार १८ जना निको भएका छन ।
कार्यालयका अनुसार आज थप एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने शारदा नगरपालिका बासी हुन । यो सँगै बैशाख यता सल्यानमा अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने बाहिरी जिल्लामा सल्यानकै आधादर्जन बढीको निधन भएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu