सल्यानमा एकैदिन कोरोनाबाट २ को मृत्यु
सल्यानमा शनिबार कोरोनाको कारण दुई जनाको मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जना शनिबार मात्र अस्पतालमा उपचारका लागि आएका थिए । अस्पताल ल्याएको केही घण्टामा नै दुवैको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । महिलाको भएको झन्डै चार घण्टा पछि पुरुषको मृत्यु भएको हो ।
सल्यानका पुरुष पनि विगत तीन चार दिन विरामी रहेका थिए । मृत्यु पछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । विगत ३र४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार गराई रहेकी महिलाको त्यहाँ उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।
शनिबार दुई जनाको मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






